सुन तस्करी प्रकरणः भन्सार अधिकृतसहित ६ जना पक्राउ

डिसी नेपाल
७ साउन २०८० १७:४३

काठमाडौं। गत बुधबार ठूलो मात्रामा बरामद सुन प्रकरणमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ जना कर्मचारी सहित ६ जान पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, खरिदार कुमार ढकाल, एक्सरे अपरेटर सरोज श्रेष्ठ, भन्सार एजेन्टहरु यादवशंकर पराजुली, सुदर्शन गौतम र रुक्मिना सुब्बा रहेका छन्।

राजस्व अनुसन्धान विभागको विशेष टोलीले आइतबार उनीहरूलाई पक्राउ गरिएको हो । योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ जना पुगेको छ ।

गत बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको अपरेसनमा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो । उक्त सुन हङकङबाट ल्याइएको थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *