चीनमा विद्यालयको जिमको छाना खस्दा ११ जनाको मृत्यु

डिसी नेपाल
८ साउन २०८० १३:२१

काठमाडौं । चीनको सरकारी सञ्चारमाध्यमका अनुसार विद्यालयको जिमको छत भत्किँदा हालसम्म कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

चीनको उत्तरपूर्वी क्षेत्रमा वर्षाका कारण यो दुर्घटना भएको हो । छत भत्किँदा १९ जना भित्र रहेको अधिकारीहरुले बताएका छन् ।

मृत्यु हुनेमा बालबालिका समेत रहेको प्रत्यक्षदर्शीले सञ्चारमाध्यमलाई बताएका छन् । तर, यसबारे औपचारिक रूपमा अहिलेसम्म केही बताइएको छैन ।

उक्त भवनका इन्चार्जलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटना हुनेबित्तिकै चार जना घटनास्थलबाट भाग्न सफल भएको अधिकारीहरूले बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *