प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो
काठमाडौँ। प्रि ओपन सेसनमा नेप्से सूचक २.४८ विन्दुले बढेको छ। यससँगै सूचक २२०२.९९ विन्दुमा आएको छ।
४ लाख ५८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। २३ कम्पनीको १२ सय ६ कित्ता सेयर कारोबार भएको छ।
यो सेसनमा कुल २५ पटक कारोबार भएको हो। १५ कम्पनीको भाउ बढ्दा ५ वटाको मूल्य भने घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।
प्रतिक्रिया
Facebook Comment