बीबीसीका चर्चित पत्रकार जर्ज अलागायाको निधन

डिसी नेपाल
९ साउन २०८० १२:२४

काठमाडौं । लामो समय सेवा गर्ने र उच्च सम्मानित बीबीसी पत्रकार जर्ज अलागायाको ६७ वर्षको उमेरमा निधन भएको छ । उनी विगत नौ वर्षदेखि क्यान्सरसँग लडिरहेका थिए ।

उनको एजेन्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि उनले आफ्नो परिवार र प्रियजनहरूको बीचमा अन्तिम सास लिए। बीबीसीका महानिर्देशक टिम डेभीले उनको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

उनले भने, ‘यो खबरले हामी अत्यन्त मर्माहत भएका छौं । यस दुखद घडीमा उहाँको परिवारसँग हाम्रो समवेदना छ।’ उनले भने, ‘जर्ज हाम्रो पुस्ताका उत्कृष्ट र साहसी पत्रकार थिए । उनले विश्वभरबाट निडर रिपोर्टिङ मात्र गरेनन्, उत्कृष्ट तरिकाले प्रस्तुत पनि गरे । हामी उनलाई मिस गर्नेछौं।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *