साउदी अरेबियाको मक्कामा दाजुबहिनीलाई मृत्युदण्ड, के थियो उनीहरूको अपराध ?
काठमाडौं । साउदी अरब सरकारले सोमबार मक्कामा दुई जनालाई मृत्युदण्डको सजाय सुनाएको जनाएको छ ।
यो सजाय दाजुबहिनीलाई दिइएको छ । दुबै जना आफ्ना आमाबुवा र दाजुभाइको हत्यामा दोषी ठहरिएका थिए।
अल-अरेबियाको समाचारका अनुसार अब्दुल्ला अजिज बिन फहेद बिन गजाया अल हरेथी र उनकी बहिनी ओहुदले आफ्नी आमा र दुई भाइको खानामा निद्राको चक्की मिसाए।
त्यसपछि दुवै दाजुबहिनीले आमा र एक भाइलाई सुतिरहेको अवस्थामा गोली हानेका थिए । भोलिपल्ट अर्का भाइलाई पनि गोली हानिएको थियो ।
साउदी सरकारले अपराध गरेपछि दुवैले मिलेर शवलाई एक ठाउँमा लगेर आफ्ना बुवालाई त्यहाँ बोलाएर गोली हानेको बताएको छ ।
साउदीले भन्यो कि यी दाजुबहिनीहरूले पूरै घरमा आगो लगाए ताकि यो भन्न सकियोस् कि ग्यास चुहावटका कारण आगलागी भयो र यी सबैको मृत्यु भयो।
साउदी सरकारले सुरक्षा र स्थायित्व कायम गर्न प्रतिबद्ध रहेको र यस्ता अपराध गर्नेलाई कारबाही गरिने बताएको छ ।
Facebook Comment