आफू घर नआउँदै छोराको अन्तिम संस्कार गरेको रिसमा सैनिकले गोली चलाउँदा १३ जनाको मृत्यु

डिसी नेपाल
९ साउन २०८० १३:५९

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी क्षेत्रबाट एउटा चकित पार्ने घटना बाहिर आएको छ । यहाँ एक सिपाहीले घर पुग्नुअघि नै छोराको अन्तिम संस्कार गरेको भन्दै आक्रोशित भएर गोली चलाएका छन् ।

उक्त गोलीबारीमा अन्त्येष्टिमा सहभागी हुन आएका १३ जनाको मृत्यु भएको छ । जसमध्ये ९ जना बालबालिका पनि रहेका छन् ।

यो मुद्दा कंगोको पूर्वी इटुरी प्रान्तको अल्बर्ट तालको किनारमा रहेको न्याकोवा गाउँसँग सम्बन्धित छ। सेनाका प्रवक्ताले भने कि सिपाहीले आफ्नो वरपरका मानिसहरूमाथि गोली चलाएका थिए। जसमा एक दर्जनभन्दा बढीको मृत्यु भएको छ ।

अभियुक्त कंगो नौसेनाका सिपाही हुन्। गोली चलाएर उनी फरार भएका छन् । उनको खोजी भइरहेको छ । सुरक्षा निकायले मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ ।

गोलीबारीमा ९ बालबालिकासहित १३ जनाको मृत्यु भएको गाउँ प्रमुख ओस्कर बारका मुगुवाले बताए । आफ्नो बच्चालाई आफूविना दाहसंस्कार गरिदिएपछि सिपाही दुःखी भएको उनले बताए ।

सिपाहीले गोली चलाएका व्यक्ति उनका परिवारका सदस्य रहेको बताइएको छ । गोली लागेर सैनिककी श्रीमती, उनका ससुरा र दुई छोराको मृत्यु भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *