अष्ट्रेलियामा चीनविरुद्धको सबैभन्दा ठूलो सैन्य अभ्यास सुरु, ११ देशका सेनाको सहभागिता

डिसी नेपाल
९ साउन २०८० १६:००

काठमाडौं । अष्ट्रेलियामा चिन विरुद्ध सबैभन्दा ठूलो युद्ध अभ्यास सुरु भएको छ । यस अभ्यासमा अमेरिकासहित ११ देशका ३० हजारभन्दा बढी सैनिक सहभागी छन् ।

यस अभ्यासमा भारतसहित चार देश पर्यवेक्षक छन्। यो अभ्यासलाई चीनको चुनौतीसँग जुध्ने उपायका रूपमा हेरिएको छ । चीनले हिन्द प्रशान्त महासागर क्षेत्रमा लगातार आफ्नो उपस्थिति बढाइरहेको छ, त्यसैले यो अभ्यास निकै महत्वपूर्ण मानिएको छ ।

यो युद्ध अभ्यासमा अष्ट्रेलिया, अमेरिकाका साथै फिजी, फ्रान्स, इन्डोनेसिया, जापान, दक्षिण कोरिया, न्युजिल्यान्ड, पपुवा न्युगिनी, टोंगा, बेलायत, क्यानडा र जर्मनीका सेना सहभागी छन् । जबकि भारत, सिंगापुर, फिलिपिन्स र थाइल्याण्ड यस अभ्यासका पर्यवेक्षक हुन्।

विवादित ताइवान स्ट्रेटमा पनि अमेरिका-अष्ट्रेलियाले युद्धाभ्यास गर्नेछन्। चीनले विगतमा यहाँ युद्धाभ्यास गरेको थियो । ताइवान स्ट्रेटमा अष्ट्रेलिया अमेरिकाको चालबाट चीन क्रोधित हुन सक्छ। फिलिपिन्स र थाइल्याण्ड यस अभ्यासका पर्यवेक्षक हुन्।

हिन्द प्रशान्त महासागर विश्व अर्थव्यवस्थाका लागि धेरै महत्त्वपूर्ण छ । विश्वको ८० प्रतिशत व्यापार यसै क्षेत्रमा हुने गर्दछ । यस्तो अवस्थामा यदि यस क्षेत्रमा अस्थिरता वा सुरक्षाको विषयमा कुनै समस्या आयो भने त्यसले विश्वको अर्थतन्त्रमा असर पार्ने र आपूर्ति शृङ्खलामा बाधा पुग्न सक्छ । युक्रेन युद्धका कारण यो पहिले नै अवरुद्ध भइरहेको छ।

यो अभ्यास हरेक दुई वर्षमा हुन्छ र सन् २००५ मा सुरु भएको थियो। यो वर्ष यो अभ्यास विशेष छ किनभने यो पटक यो सबैभन्दा ठूलो अभ्यास हो।

चीनको आधिकारिक पत्रिका ग्लोबल टाइम्सको एक लेखमा यस युद्ध अभ्यासलाई कागजी बाघको रूपमा वर्णन गरिएको छ। चिनियाँ विज्ञहरूले अमेरिकाले सुरक्षा र लोकतान्त्रिक मूल्यमान्यताको रक्षाको नाममा देशमाथि दबाब दिइरहेको र यसको आडमा आफ्नो विश्वव्यापी वर्चस्व कायम राख्न खोजेको आरोप लगाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *