राजकुमार ह्यारी र मेगन मर्केलको सम्बन्धविच्छेदको चर्चा

डिसी नेपाल
९ साउन २०८० १७:०१

काठमाडौं । राजकुमार ह्यारी र अभिनेत्री मेगन मर्केलको सम्बन्धविच्छेदको हल्ला फेरि एकपटक चर्किन थालेको छ । राजकुमार ह्यारी एक्लै अफ्रिकाको यात्रामा जान लागेको एक सम्बन्ध विज्ञले बताएका छन् ।

उनको यात्राले मेगनसँगको सम्बन्धमा परिवर्तन ल्याउन सक्छ। पछिल्ला केही दिनदेखि बेलायती शाही परिवारका कान्छी राजकुमारी मेगन र राजकुमार विलियमका भाइ ह्यारीको सम्बन्धमा तिक्तता आएको खबर आएको छ ।

ड्युक अफ ससेक्सको उपाधि पाएका राजकुमार ह्यारीका लागि विज्ञले चेतावनी जारी गरेका छन् । उनीहरूका अनुसार ह्यारीको अफ्रिकाको एकल यात्राले मेगनसँगको उनको पाँच वर्षको वैवाहिक जीवनमा “तनाव” ल्याउन सक्छ। यो यात्राका कारण केही लुकेका कुराहरु बाहिर आउने सम्भावना छ ।

राजा चार्ल्सका कान्छो छोरा ह्यारीले नेटफ्लिक्स डकुमेन्ट्रीको लागि एक्लै अफ्रिका यात्रा गर्नलागेका छन् । बाहिर भनिएअनुसार ह्यारी यस यात्रामा ‘आफूलाई खोज्न’ चाहन्छन् । त्यसैले उनी आफ्नी पत्नी बिना नै जानेछन् । हालै ह्यारी र मेगनको जीवन आर्थिक संकटको बीचमा कठिनाइबाट गुज्रिरहेको रिपोर्ट पनि आएका थिए ।

विगत केही दिनदेखि यो जोडीले डिभोर्स र ब्रेकअपजस्ता हल्लाको सामना गरिरहेका छन् । “यो स्वभाविक छ कि जीवनका प्रमुख घटनाहरू र बाह्य परिस्थितिहरूले विवाहमा गहिरो प्रभाव पार्न सक्छ, चाहे राम्रो वा नराम्रो होस्,” वर्किंग अन बडी र रिलेशनशिप विशेषज्ञका वरिष्ठ डाक्टर शेली बेकरले द मिरर यूएसलाई बताइन्।

उनले थपिन् – प्रिन्स ह्यारीको अफ्रिकाको एकल यात्राले सम्भावित सम्बन्धमा तनाव ल्याउन सक्छ, विशेष गरी जब सम्बन्धविच्छेदको हल्ला फैलिरहेको छ। मेगन र ह्यारी अलग बसिरहेको रिपोर्टहरू पनि आएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *