आँधीले उत्तरी इटालीमा ठूलो क्षति

डिसी नेपाल
९ साउन २०८० १८:२६

इटाली। इटालीको उत्तरी भागमा सोमबारदेखि आएको आँधीले ठूलो क्षति पुर्‍याएको छ।

लोम्बर्डियाका धेरै शहरहरुमा रुख ढलेका कारण सडक हरु बन्द भएका छन् जसका कारण मेट्रो र रेल सेवामा पनि असर पुगेको छ।

सडक अवरुद्ध भएकाले यातायातमा अवरोध पुगेको छ।

आँधीका कारण सडकमा लडेको रुखले चेपिएर र सडक दुर्घटनामा परि अहिलेसम्म ४ जनाको ज्यान गइसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *