ग्रिसमा आगो निभाउन गएको विमान दुर्घटना

डिसी नेपाल
१० साउन २०८० १०:१४

एथेन्स। ग्रिसको इभियामा जंगलमा लागेको आगो निभाउन गएको विमान दुर्घटनामा परेको छ। सो दुर्घटनामा विमानमा सवार दुवै पाइलटको मृत्यु भएको जनाइएको छ।

मिडिया रिपोर्टका अनुसार सीएल–२१५ विमान इभियाको जंगलमा लागेको आगो निभाउनका लागि प्रयोग गरिएको थियो। सोही क्रममा विमानको पखेटा रुखमा अड्कियो। केही समयपछि विमान जमिनमा खस्यो, आगो लाग्यो।

हाल ग्रिसको जंगलमा लागेका कारण हजारौं मानिसहरू बिस्थापित हुन पुगेका छन्। ग्रिस सरकारले स्थानियलाइ स्थानतरण गरेर जंगलमा लागेको आगो  निभाउनका लागि सम्पुर्ण प्रयत्न जारी राखेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *