डेनमार्कमा कुरानको अपमानको घटनामा पाकिस्तानले भन्यो- यसको उद्देश्य इस्लामोफोबिया बढाउनु हो

डिसी नेपाल
१० साउन २०८० १५:४१

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले डेनमार्कस्थित इराकी दूतावास अगाडि कुरानको अपमान गरेको घटनाको निन्दा गरेका छन् । उनले यो घटनाले विश्वभरका मुस्लिम समुदायमा गहिरो चोट पुगेको बताए ।

उनले भने, “यसका कारण हामी पाकिस्तानमा गहिरो दुःखी र निराश छौं। यी जघन्य र शैतानी घटनाहरूको उद्देश्य अन्तर-धार्मिक सम्बन्धमा चोट पुर्‍याउनु, शान्तिमा खलल पुर्‍याउनु, धार्मिक घृणा र इस्लामोफोबिया बढाउनु हो।”

उनले भने, “म सरकारहरू, विशेष गरी धार्मिक नेताहरूलाई यी घटनाहरू रोक्न आह्वान गर्दछु। मुट्ठीभर खराब मानिसहरूलाई करोडौं जनताको भावनामा चोट पुर्‍याउने अनुमति दिइने छैन। उनीहरूलाई यो जघन्य एजेन्डा चलाउन दिइने छैन। ”

हालै स्वीडेनमा कुरानको अपमानको घटनामा इराकी सरकारले स्विडेनका राजदूतलाई फिर्ता जान भनेको थियो । हालै स्वीडेनको राजधानी स्टकहोमको एक मस्जिद बाहिर कुरान जलाएको घटना भएको थियो ।

इराकले पनि स्वीडेनबाट आफ्ना कूटनीतिज्ञ फिर्ता बोलाएको छ र स्वीडेनका कम्पनीहरूसँगको व्यापार निलम्बन गरेको छ।

इराकमा, प्रदर्शनकारीहरू बगदादमा स्विडेनी दूतावास बाहिर भेला भएका थिए। प्रदर्शनकारीले स्विडेनी दूतावासको परिसरमा आगजनी गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *