इजरायलमा न्यायिक सुधार सम्बन्धी विवादास्पद कानूनको मामिला सर्वोच्च अदालत पुग्यो

डिसी नेपाल
१० साउन २०८० १६:१७

काठमाडौं । इजरायलमा न्यायिक सुधार सम्बन्धी विवादास्पद कानूनको मामिला अब देशको सर्वोच्च अदालतमा पुगेको छ।

इजरायली बार एसोसिएसनका अध्यक्षले यो कानून खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका छन् ।

भर्खरै पारित भएको यो कानुनले न्यायपालिकाको अधिकारमा कटौती गर्ने बताइएको छ । विपक्षी नेता यायर लापिडले पनि त्यसै गर्ने बताएका छन् ।

यो कानुनको विरोधमा देशभरका चिकित्सकहरुले २४ घण्टाको हडताल गरेका छन् । यस कानुनको विरोधमा प्रदर्शनमा उत्रिएका हजारौं प्रदर्शनकारीको संसद भवन बाहिर रातभर प्रहरीसँग झडप भएको थियो ।

इजरायलको यो विवादास्पद कानूनमा, सर्वोच्च अदालतको अधिकार काटिएको थियो, जस अन्तर्गत उसले सरकारी नीतिहरूलाई अव्यावहारिक पाइएमा उल्टाउन सक्दैन।

इजरायलको यो कानुनलाई लिएर युरोपेली संघ र बेलायतले चिन्ता व्यक्त गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *