अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ साउन १८ गतेदेखि आउँदै

डिसी नेपाल
११ साउन २०८० ९:०१

काठमाडौँ। अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको आईपीओ साउन १८ गतेदेखि आउने भएको छ। कम्पनीले उक्त आईपीओ सर्वसाधारणका लागि जारी गर्न लागेको हो।

कम्पनीले जारीपुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९ प्रतिशतले हुन आउने १९ लाख ८८ हजार २३६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न छुट्याएको थियो। त्यसमध्ये १० प्रतिशतले हुन आउने १ लाख ९८ हजार ८२४ कित्ता सेयर कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरिसकेको छ।

कम्पनीले २ प्रतिशतले हुन आउने ३९ हजार ७६५ कित्ता कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने ९९ हजार ४१२ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ। अब बाँकी १९ लाख ५३ हजार २७९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

यस आईपीओमा बिक्री प्रबन्धकको काम एनआईसी एसिया क्यापिटलले गर्नेछ। यस आईपीओमा लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्म खरिद आवेदन दिन पाउनेछन्।

यस आईपीओमा लगानीकर्ताले साउन २२ गतेसम्म आवेदन दिन पाउने छन्। तोकिएको समयमा आवश्यक मात्रामा आवेदन नपरेको खण्डमा साउन ३२ गतेसम्म आवेदन दिन पाउने छन्।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *