टाँगियाबस्तीमा बढ्यो बाघको त्रास

डिसी नेपाल
११ साउन २०८० १३:५३

बारा। बाराको टाँगियाबस्तीमा दुई साताअघि स्थानीय एक किसानको १० वटा बाख्रा बाघले मारेपछि स्थानीय बासिन्दा त्रासित भएका छन्। बस्ती नजिकैको जंगलमा बाघको गतिविधि बढेपछि सर्वसाधारण घाँसदाउराको लागि जंगल जान र साँझ बिहान घरबाहिर निस्कन पनि डराएका हुन्।

बाघकै त्रासमा बस्तीका किसानले केही दिनदेखि जंगलमा चौपाय चराउन छोडेका छन्। स्थानीय धनबहादुर थिंगले जंगलमा चराउन लगेको १० वटा बाख्रा दुई साताअघि बाघले आक्रमण गरेर मरेपछि गाउँमा त्रास फैलिएको हो।

सो घटनापछि बस्ती नजिकैको जंगलमा बाघ बस्दै आएको स्थानीयले बताएका छन्। स्थानीयलाई असुरक्षित पार्ने बाघ नियन्त्रण लिन सरकारले चासो नदेखाएको सर्वसाधारण असुरक्षित बनेको स्थानीय बासिन्दा एंवम जीतपुरसिमरा वडा नम्बर १६ की वडा सदस्य पबित्रा कार्कीले बताइन्।

बस्ती निरक्षणको क्रममा आएका नगर प्रमुख मेयर राजन पौडेलले बाघले बाख्रा मारेर पीडित बनेको किसान परिवारमा राहतको लागि पहल गर्ने आश्वासन दिएको भएपनि अहिलेसम्म कुनै राहत नपाएको उनले बताइन्।

यता स्थानीय अगुवा रमेश सापकोटाले भने सरकारले नै स्थानीयलाई जंगलमा ल्याएर अलपत्र पारेर राखेको र अहिले गाउँलेहरुले जंगली जनावरको त्रास खेप्नु परेको बताए।

०३२ सालदेखि बसोबास गर्दै आएको बस्तीमा हाल अन्तर्राष्टिय विमानस्थलन निर्माणको लागि प्रस्ताव गरेको छ। विमानस्थल निर्माणको लागि सरकारले हालसम्म ३ करोड खर्च गरि सकेको भएपनि बस्ती व्यवस्थापन र स्थानानन्तरणको काम भने अघि बढन नसकेको सापकोटाको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *