१ वर्ष सुत्केरी बिदा दिने मुख्यमन्त्री तामाङको घोषणा

डिसी नेपाल
११ साउन २०८० १५:००

काठमाडौं । सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले बुधबार आफ्नो सरकारले आफ्ना कर्मचारीहरूलाई १२ महिनाको सुत्केरी बिदा दिने बताएका छन्। यससँगै पितृत्व बिदा पनि एक महिना पुर्‍याइएको छ ।

मुख्यमन्त्री प्रेम सिंह तामाङले सिक्किम स्टेट सिभिल सर्भिस अफिसर्स एसोसिएसन (एसएससीएसओए) को वार्षिक बैठकलाई सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन्।

समाचार एजेन्सी पीटीआईका अनुसार सीएमले कर्मचारीहरूलाई यो सुविधा विस्तार गर्न सेवा नियमहरूमा परिवर्तन गरिने बताए।

उनले भने, “यस परिवर्तनले सरकारी कर्मचारीहरूलाई आफ्ना छोराछोरी र परिवारको राम्रो हेरचाह गर्न मद्दत गर्नेछ। बाँकी जानकारी छिट्टै सूचित गरिनेछ।”

अहिले मातृत्व लाभ ऐन, १९६१ अनुसार महिलालाई ६ महिना तलबसहित बिदा दिने व्यवस्था छ । सिक्किम भारतको सबैभन्दा कम जनसंख्या भएको राज्य हो । यहाँको जनसंख्या ६.३२ लाख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *