बिल्डिङको १३ औं तलामा अजिंगर पुगेपछि मानिसहरू चकित, वन विभागद्वारा उद्धार

डिसी नेपाल
११ साउन २०८० १५:४५

काठमाडौं । मुम्बईको घाटकोपर पश्चिम क्षेत्रमा चार फिट लामो अजिंगर एउटा भवनको १३ औं तलामा पुगेको छ । तर, पशु प्रेमीले वन विभागलाई खबर गरेपछि वन विभागले उद्धार गरेको थियो । अजिङ्गर टावरको यति उचाइमा कसरी पुग्यो भनेर त्यहाँ बस्ने मानिसहरू पनि छक्क परेका छन् ।

मुम्बईको एक आईटी फर्मका लागि काम गर्ने पशु कार्यकर्ता सुरज साहाले टाइम्स अफ इण्डियालाई बताएअनुसार भारतीय रक पाइथन मंगलबार घाटकोपर पश्चिमको एलबीएस रोडमा रहेको व्रज प्याराडाइज भवनको टेरेसमा देखियो। टेरेसमा केही निर्माण कार्य भइरहेकाले अजिंगर पूरै सिमेन्टले बाँधिएको थियो । त्यसपछि उसलाई बचाउन तुरुन्तै राज्य वन विभागलाई सम्पर्क गरियो ।

संरक्षित वन्यजन्तु प्रजातिको अजिंगरलाई उद्धार गर्न मुम्बई रेन्ज फरेस्ट अफिसर राकेश भोईरको टोली घटनास्थल पुगेको साहले बताए । साहले भने, “अजिंगर देखेपछि कसैले क्षति पुर्याउने प्रयास नगर्नु राम्रो कुरा हो । वन्यजन्तुको चेतनाका कारण सर्पलाई चोट पुर्याउनु वा मार्नु गैरकानुनी हो भन्ने बुझेका छन् ।”

वन्यजन्तु विज्ञहरूका अनुसार भारी वर्षाको समयमा सर्पका वासस्थानमा पानी भरिने गरेको छ । त्यसैले उनीहरु आवासीय क्षेत्रमा उच्च स्थानको खोजीमा भवनको छतमा पुग्छन् । यसबाहेक, भारतीय रक पाइथनहरू जंगलमा उत्कृष्ट आरोहीका रूपमा चिनिन्छन् किनभने तिनीहरू सजिलैसँग रूखहरू र चट्टानको सतहहरू पनि चढ्न सक्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *