सिनर्जी पावर र मल्टिपर्पस फाइनान्सको हकप्रद सेयरमा मूल्य समायोजन

डिसी नेपाल
१२ साउन २०८० १०:३२

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सिनर्जी पावर डेभलपमेन्ट र मल्टिपर्पस फाइनान्स कम्पनीको हकप्रद सेयरमा मूल्य समायोजन भएको छ।

सिनर्जीको ५० प्रतिशत हकप्रद सेयरमा भाउ समायोजन गरिएको नेप्सेले जनाएको छ। बिहीबारको अन्तिम कारोबार मूल्य २५५ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो। समायोजन पश्चात यसको मूल्य २०३ रुपैयाँ ३३ पैसा कायम भएको छ।

हकप्रद बिक्रीका लागि यसले शुक्रबार बुक क्लोज गर्ने भएको छ। यसआधारमा आज बिहीबार साउन ११ गतेसम्म कायम रहेका सेयरधनीले मात्र यस हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।

सिनर्जी पावरले २ः१ अनुपातमा ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा हकप्रद बिक्री गर्नेछ।

हाल यस कम्पनीको चुक्ता पुँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँ रहेको छ। हकप्रद सेयर निष्कासनपछि सिनर्जीको चुक्ता पुँजी १ अर्ब २० करोड ९८ लाख ६२ हजार रुपैयाँ पुग्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *