मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर पोखरेल बलात्कार आरोपमा पक्राउ

डिसी नेपाल
१२ साउन २०८० १२:२५

काठमाडौं। मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर हरिकुमार पोखरेल त्रिपुरेश्वरबाट पक्राउ परेका छन्।

आफ्नै घरमा काम गर्ने एक किशोरीलाई यौन दर्व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो। ५२ वर्षीय पोखरेलले ती किशोरीलाई दुर्वव्यवहार गर्दै गरेको भिडियो केही दिनदेखि सामाजिक सञ्जालमा भाइरल भएको छ।

प्रहरीले केही दिनअघि मात्रै उनको विरुद्ध जाहेरी लिएर पक्राउ अनुमति लिएको थियो। घरमा कोही नभएको मौकमा उनीमाथि यौन हिंसा गरेको ती किशारीको आरोप छ। पीडित भनिएका किशोरी आफैंले सामाजिक सञ्जालमार्फत उक्त भिडिओ सार्वजनिक गरेकी थिइन्।

सार्वजनिक गरिएको भिडिओ ५८ सेकेन्ड लामो छ। भान्सामा कैद गरिएको भिडिओमा पोखरेलले तल्लो शरीरमा लगाएको लुगाबाहिरबाटै आफ्नो यौनांग चलाइरहेका देखिन्छ।

त्यसपछि उनले युवतीको हात तानेर आफूतिर तान्न खोजिरहेका संकेत हुन्छ। जसमा धक्कामुक्की भइरहेको पनि सुनिएको छ। फागुन ,वैशाख र असारमा गरी तीन पटक यौन दूव्र्यवहार भएको उनको जाहेरीमा उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *