जम्मु कश्मीरलगायतमा आक्रामण गर्ने योजना बनाउँदै अल कायदा : राष्ट्र संघ

डिसी नेपाल
१३ साउन २०८० १०:०९

काबुल । आतंकवादी संगठन अल कायदाले जम्मु कश्मीर, बंगलादेश र म्यानमारमा आफ्नो उपस्थिति स्थापित गर्न खोजिरहेको जनाईएको छ।

आतंकवादी हमलाहरू सजिलै गर्न सकून् र आफनो प्रभाव विस्तार गर्न सकियोस भन्नाले तीन देशमा आफनो उपस्थिति स्थापित गर्न खोजिएको हो ।

यसको खुलासा संयुक्त राष्ट्र सुरक्षा परिषदले गरेको हो । राष्ट्र संघका रिपोर्टका अनुसार भारतीय उपमहाद्वीपमा अलकायदाका २०० लडाकुहरू रहेका छन् र तिनीहरूका नेता आतंकवादी ओसामा महमूद हुन्।

अल कायदा त्यही संगठन हो, जसले अमेरिकामा ९र११ आतंकवादी हमला गराएको थियो। यस आक्रमणमा करिब ३ हजार मानिसको मृत्यु भएको थियो ।

सन २०२२ मा पूर्व बीजेपी नेता नुपुर शर्माले पैगम्बर मोहम्मदको बारेमा विवादास्पद बयान दिएकी थिइन्। यसपछि सोही संगठनले भारतका ४ राज्यमा आत्मघाती हमलाको धम्की दिएको थियो ।

रिपोर्टका अनुसार हाल अलकायदा लगभग ६५ देशमा सक्रिय रहेका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *