६ देशलाई सित्तैमा खाद्यान्न उपलब्ध गराउने रुसी राष्ट्रपति पुटिनको घोषणा

डिसी नेपाल
१३ साउन २०८० १०:४२

काठमाडौं । सेन्ट पिटर्सबर्गमा भइरहेको रुस–अफ्रिका सम्मेलनमा रुसी राष्ट्रपति पुटिनले आगामी महिना रुसले ६ अफ्रिकी देशलाई निःशुल्क खाद्यान्न उपलब्ध गराउन सक्ने बताए ।

सम्मेलनमा पुटिनले युक्रेनसँगको संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको सम्झौताबाट रुस बाहिरिएपछि युक्रेनबाट प्राप्त हुने अन्नको सट्टा रुस आफ्नै अन्न आपूर्ति गर्न तयार रहेको बताए ।

पुटिनले युक्रेनबाट आउने अन्नको अभाव पूरा गर्न रुस तयार रहेको बताएका छन् । उनले रुसले तीनदेखि चार महिनाभित्र ६ अफ्रिकी मुलुकलाई निःशुल्क खाद्यान्न उपलब्ध गराउन तयार रहेको बताए ।

उनले भने, ‘आगामी तीनदेखि चार महिनामा रुसले बुर्किना फासो, जिम्बाब्वे, माली, सोमालिया, सेन्ट्रल अफ्रिकन रिपब्लिक र इरिट्रियालाई २५ हजारदेखि ५० हजार टनसम्म अनाज (प्रत्येक देश) उपलब्ध गराउने प्रयास गर्नेछौं। यो अनाज सित्तैमा पुर्याइनेछ।”

रुसले युक्रेनमा आक्रमण गरेपछि युक्रेनको बन्दरगाहमा टन अन्न अड्किएको थियो र त्यसका कारण विश्वव्यापी अन्न संकट उत्पन्न भएको थियो ।

बन्दरगाहमा थन्किएको अन्न बाहिर निकाल्ने सहमति भएको छ । रुसले अन्नले भरिएको जहाजमा आक्रमण नगर्ने बताएको थियो ।

तर अब रुस यो सम्झौताबाट बाहिरिएपछि युक्रेनबाट पाउने अन्नमा आश्रित देशका लागि अप्ठ्यारो अवस्था सिर्जना भएको छ ।

यसअघि सन् २०१९ मा रुस–अफ्रिका सम्मेलन आयोजना गरिएको थियो जसमा ४३ अफ्रिकी देशका नेता सहभागी थिए । त्यसपछि यो वर्ष बसेको बैठकमा थोरै नेताहरुको उपस्थिति रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *