यसपटक जुलाई महिना सबैभन्दा तातो हुने, १ लाख २० हजार वर्षको कीर्तिमान तोडिन सक्ने

डिसी नेपाल
१३ साउन २०८० १०:४४

काठमाडौं । जुलाई महिना विश्वभर यस वर्षको सबैभन्दा तातो महिना हुने भएको छ । यसपटक जुलाईको गर्मीले सन् २०१९ को गर्मीको रेकर्ड तोड्ने वैज्ञानिकहरू बताउँछन् ।

यो महिना सकिन अझै केही दिन बाँकी छ । केही विज्ञहरूका अनुसार यस वर्षको जुलाई महिना विगत १ लाख २० हजार वर्षकै सबैभन्दा तातो महिना साबित हुन सक्छ। युरोप, अमेरिकालगायत विश्वका धेरैजसो स्थानमा तीव्र गर्मीको प्रकोप छ ।

धेरै देशमा चर्को गर्मी बढिरहेको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले विश्व ग्लोबल वार्मिङभन्दा माथि उक्लने युगमा पुगेको बताएका छन् ।

जीवाश्म इन्धनको अत्याधिक प्रयोगका कारण गर्मी बढ्दै गएको वैज्ञानिकहरुले बताएका छन् । भारतमा जुलाईमा पनि असाधारण गर्मी देखिएको छ । देशका धेरै भाग बाढीको चपेटामा परेका छन् । वैज्ञानिकहरुले यो ग्लोबल वार्मिङको परिणाम भएको बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तन हाम्रो अस्तित्वका लागि चुनौती बनेको बताएका छन् । अब जलवायु परिवर्तनको वास्तविकतालाई कसैले नकार्न सक्दैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *