चिनियाँ युवती पनि आफ्नो प्रेमीलाई भेट्न पाकिस्तानको खैबर पख्तुनख्वा पुगिन्

डिसी नेपाल
१३ साउन २०८० १०:४५

काठमाडौं । पाकिस्तानी महिला सीमा हैदर, भारतीय युवती अन्जु पछि अब एक चिनियाँ युवती आफ्नो पाकिस्तानी प्रेमीलाई भेट्न खैबर पख्तुनख्वा पुगेकी छिन् ।

समाचार एजेन्सी पीटीआईले स्थानीय प्रहरीलाई उद्धृत गर्दै उक्त महिलाको पाकिस्तानी युवकसँगको मित्रता पनि सामाजिक सञ्जालमा भएको बताएको छ । यसपछि दुवै प्रेममा परे ।

स्थानीय सञ्चारमाध्यमका अनुसार गाओ फेङ नामकी यी महिला गत हप्ता चीनबाट गिलगिट हुँदै सडकमार्गबाट खैबर पख्तुनख्वा पुगेकी थिइन् ।

महिलाको उमेर २१ वर्ष रहेको छ । त्यहाँ पुगेपछि महिलाका १८ वर्षीय प्रेमी जावेद उनलाई लिन आए तर महिलालाई आफ्नो घरमा लैजानको सट्टा तल्लो दिर जिल्लाको समरबाग तहसीलमा लगे। त्यहाँ जावेदको मामाको घर छ ।

जावेद अफगानिस्तानसँग सीमा जोडिएको बाजौर जिल्लाका बासिन्दा हुन् । सुरक्षाका कारण जावेदले उनलाई मामाको घरमा लगेको बताइएको छ ।

यसअघि अञ्जु भारतबाट आफ्ना साथीलाई भेट्न खैबर पख्तुनख्वाको अपर दिर जिल्ला पुगेकी थिइन् । दुवैको विवाहको तस्विर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

अन्जुले आफ्नो साथी नसरुल्लाहसँगको विवाहको खबरलाई अस्वीकार गरेपनि उनको विवाह पाकिस्तानी मिडियामा हेडलाइनमा छ । विवाह गराउने काजीले बीबीसीलाई यसको पुष्टि गरेका छन् ।

जसरी अन्जुका बारेमा भारतीय सञ्चारमाध्यममा समाचार छापिएको थियो, त्यसैगरी पाकिस्तानका प्रमुख सञ्चारमाध्यमहरुले पनि यो समाचारलाई प्रमुखताका साथ छापेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *