डेनमार्कमा कुरान जलाएको घटनाबाट आक्रोशित साउदी अरेबियाले यस्तो कदम उठायो

डिसी नेपाल
१३ साउन २०८० ११:०३

काठमाडौं । डेनमार्कमा कुरान जलाएको घटनाप्रति साउदी अरेबियाले कडा आपत्ति जनाएको छ ।

साउदी अरबको विदेश मन्त्रालयले डेनमार्कको राजदूतावासका चार्ज डी अफेयरलाई बोलाएर यस घटनाको विरोध नोट बुझाएको छ। साउदी अरेबियाले यस्ता अपमानजनक घटना बन्द गर्नुपर्ने बताएको छ ।

साउदीले भन्यो – धार्मिक शिक्षा, अन्तर्राष्ट्रिय कानुन र आस्थाको अपमान गर्ने यस्ता घटनालाई तत्काल रोकिनुपर्छ ।

कोपेनहेगनमा मङ्गलबार इस्लाम विरोधी प्रदर्शनकारीहरूको एक समूहले कोपेनहेगनमा रहेको इजिप्ट र टर्कीका दूतावास अगाडि कुरानको प्रति जलायो।

यसअघि डेनमार्क र स्वीडेनमा हालैका हप्ताहरूमा यस्तै घटनाहरू भएका थिए। जसका कारण मुस्लिम देशहरुमा चर्को आक्रोश छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *