मुहर्रम जुलुसको ताजियामा हाई टेन्सन तार ठोक्किँदा ४ जनाको मृत्यु

डिसी नेपाल
१३ साउन २०८० १३:२६

काठमाडौं । झारखण्डको बोकारो जिल्लामा शनिबार बिहान मुहर्रम जुलुसको ताजियामा बिजुलीको तार ठोक्किँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा धेरै व्यक्ति घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर छ।

प्रत्यक्षदर्शीले बीबीसीलाई भनेअनुसार बिहान ५.३० बजे गाउँका मुस्लिम धर्मगुरुहरू मोहरमको ताजिया इमामबारामा लगिरहेका थिए। त्यही क्रममा उनीहरू माथिबाट आएको हाई टेन्सन बिजुलीको तारसँग ठोक्किए । जसका कारण जुलुसका लागि राखिएको ब्याट्री विस्फोट भएको हो । जसका कारण त्यहाँ उपस्थित करिब एक दर्जन व्यक्ति घाइते भएका छन् ।

गाउँलेहरूले उनीहरूलाई नजिकको अस्पताल लगे, जहाँ ४ जनाको मृत्यु भयो। बाँकी घाइतेलाई बोकारो जनरल अस्पतालमा रिफर गरिएको छ।

माथिल्लो दरगाह टोलामा रहेको ताजिया मिलनका क्रममा उक्त घटना भएको खेतकोका प्रमुख सब्बीर अन्सारीले बताए । यस गाउँमा ताजिया मिलनको पुरानो परम्परा रहेको छ ।

पेटवारका बीडीओ शैलेन्द्र चौरसियाले यसको पुष्टि गरेका छन् । उनले उक्त दुर्घटनामा १३ जना घाइते भएको बताए । जसमध्ये चार जनाको मृत्यु भइसकेको छ । सात जनाको उपचार भइरहेको छ भने दुई जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *