‘लियो’ को फर्स्ट लुकमा सञ्जय दत्त खतरनाक

डिसी नेपाल
१४ साउन २०८० ९:१७

मुम्बई। सञ्जय दत्तले ‘केजीएफ च्याप्टर २’ मा खलनायकको भूमिका निर्वाह गरेर समीक्षक र फ्यानहरूलाई प्रभावित पारेका छन्।

यसपछि उनी साउथका धेरै फिल्ममा भिलेनको भूमिकामा देखिन थालेका छन्। सञ्जय दत्तको जन्मदिनको अवसरमा दुई फरक फिल्मबाट उनको लुक सार्वजनिक गरिएको थियो । यी दुवै फिल्ममा उनको लुक निकै खतरनाक देखिन्छ। सञ्जयको वीर अवतारपछि उनको खलनायकी शैलीलाई पनि मानिसले मन पराइरहेको देखिन्छ। थालापथी विजय अभिनित फिल्म  ‘लियो’बाट उनको लुक र क्यारेक्टर सार्वजनिक भएको हो ।

‘लियो’ लाई लोकेश कनागराजले निर्देशन गर्दैछन् । सञ्जय दत्तको जन्मदिनमा लोकेशले आफ्नो सोसल मिडिया अकाउन्टमा यसको पहिलो झलक शेयर गरेर सबैलाई चकित पारेका छन् । क्लिपमा, हामी संजय दत्तलाई उनको कडा हिटिङ र स्टाइलिश दाह्रीमा देख्न सक्छौं। कानमा मोबाइल राखेर चुरोटको धुवाँ निस्किरहेको सञ्जयको लुक निकै आकर्षक देखिएको छ ।

फिल्ममा सञ्जय दत्तको नाम एन्टोनी दास राखिएको छ । सञ्जयले फिल्मको कश्मीर शेड्युलको सुटिङ पनि सुरु गरिसकेका छन् । ‘लियो’ थालापथी विजयको ६७ औं फिल्म हो। फिल्ममा विजयका अलावा प्रिया आनन्द र गौतम मेनन पनि छन् । विजयको अपोजिटमा त्रिशा कृष्णन पनि देखिने निर्माण पक्षले जानकारी दिएको छ । यो जोडी १४ वर्षपछि सँगै काम गर्दैछन् । दुवैको यो पाँचौं फिल्म हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *