प्रदेश प्रहरीपछि अब सीबीआईले मणिपुर यौन हिंसाको अनुसन्धान सुरु गर्‍यो

डिसी नेपाल
१४ साउन २०८० १२:१७

काठमाडौं । मणिपुर यौन हिंसा प्रकरणको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरोले सुरु गरेको छ ।

समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार, केन्द्रीय गृह मन्त्रालयले यस मामिलाको अनुसन्धान सीबीआईलाई सुम्पने निर्णय गरेको थियो।

अधिकारीहरूका अनुसार मणिपुर पुलिसले अज्ञात व्यक्तिहरू विरुद्ध दर्ता गरेको एफआईआर सीबीआईलाई सुम्पिएको छ।

मणिपुरमा विगत साढे दुई महिनादेखि मेइती र कुकी समुदायबीच हिंसात्मक द्वन्द्वको बीचमा मणिपुरका दुई महिलामाथि यौन दुर्व्यवहारको डरलाग्दो भिडियो जुलाई १९ मा सार्वजनिक भएको थियो ।

जुलाई २० मा, जब प्रधानमन्त्री नरेन्द्र मोदी संसदको मनसुन सत्र अघि मिडियासँग कुरा गर्न आए उनले पनि मणिपुरको घटनाको उल्लेख गरे र आफ्नो मन पीडाले भरिएको बताए।

प्रधानमन्त्री मोदीले देशको अपमान भइरहेको र दोषीलाई उन्मुक्ति नदिने बताएका छन् । मणिपुरमा जारी हिंसाबारे प्रधानमन्त्री मोदीले बोलेको यो पहिलो पटक हो।

विपक्षीहरूले लामो समयदेखि प्रधानमन्त्री मोदीले मणिपुरमा नबोलेकोमा प्रश्न उठाउँदै आएका थिए। यस भिडियोको पुष्टि गर्दै मणिपुर प्रहरीले यी महिलाहरू मे ४ मा मणिपुरको थौबल जिल्लामा यौन दुर्व्यवहारको सिकार भएको बताएको छ।

राज्यका मुख्यमन्त्री एन बिरेन सिंहले दोषीलाई फाँसी दिने प्रयास गर्ने बताएका छन् । सर्वोच्च अदालतले यस मामिलामा स्वतः संज्ञान लिँदै अर्को सुनुवाइको मिति जुलाइ २८ मा तोकेको थियो ।

मणिपुरमा मे महिनादेखि नै जातीय द्वन्द्वको स्थिति व्याप्त छ । यस हिंसामा अहिलेसम्म कम्तिमा १३० जनाको मृत्यु भइसकेको छ भने ६० हजारभन्दा बढी मानिस आफ्नो घर छोड्न बाध्य भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *