‘जग्गाको कित्ताकाट नखुल्दा व्यवसायीको लगानी डुब्ने चिन्ता’ 

डिसी नेपाल
१४ साउन २०८० १३:५३

काठमाडौँ। जग्गाको कित्ताकाट नखुल्दा व्यवसायीहरुको लगानी डुब्न सकिने व्यवसायी आमिर जंग रिजालले चिन्ता व्यक्त गरेका छन्। शुक्रबार भएको एक कार्यक्रममा बोल्दै उनले यस्तो चिन्ता व्यक्त गरेका हुन्।

उनले भने,’सरकारले घर जग्गामा ल्याएको नीतिनियमले अधिकांश व्यवसायीहरुको लगानी दाउमा परेको छ। ‘

घर जग्गाले धानेको नेपालको अर्थतन्त्रमा यस सम्बन्धी राम्रो नीति नियम नल्याएसम्म देश विकास हुन कठिन हुने उनले बताएका छन्। यसरी नै सरकारले घर जग्गामा नीति कायम गरेमा देश १० वर्ष पछि धकेलिन सक्ने उनले बताए। उनले देश विकासका लागि अनावश्यक नीति नियम खारेज हुनुपर्ने पनि बताए।

अहिले नेपालमा स्मार्ट सिटी बनाउन आवश्यक नभएको पनि बताए। साथै स्मार्ट सिटी निर्माण गर्न जग्गा नभएको पनि जिकिर गरे। उनले भने,’ अहिले नेपालमा स्मार्ट सिटी बनाउने जग्गा कहाँ छ ? यदि स्मार्ट सिटी बनाउने हो भने जनताको घर भत्काएर बनाउनु पर्यो नत्र खाली जग्गा बाँकी छैन।’

स्मार्ट सिटीको नाममा पैसा कमाउने नियमले देश नचल्ने र यो केवल भ्रष्टाचार गर्ने बाटो मात्र रहेको हुनाले यस विषयमा सरकारको ध्यान जानुपर्नेमा उनले जोड दिए। साथै, जग्गा कित्ता काटमा ल्याएको मापदण्ड हटाउनु पर्ने र जनताको आवश्यकता  अनुसार कित्ताकाटको मापदण्ड ल्याउनु पर्ने उनले बताए।

अहिले व्यवसायीहरुको लगानी सुरक्षित नभएको नभएको चिन्ता पनि ब्यक्त गरेका छन्। यसका साथै, देशको अर्थतन्त्र राम्रो बनाउनको लागि सरकारले बैंकको ब्याज सस्तो बनाउनु पर्नेमा जोड दिए। धनीदेखि गरीबले घर जग्गा किन्न सक्ने बातावरण निर्माण हुनुपर्ने उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *