थाइल्याण्डमा पटाका गोदाममा विस्फोट हुँदा नौ जनाको मृत्यु, सयभन्दा बढी घाइते

डिसी नेपाल
१४ साउन २०८० १३:१८

काठमाडौं । दक्षिणी थाइल्याण्डको एउटा आतिशबाजी गोदाममा विस्फोट हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने सयभन्दा बढी घाइते भएका छन् । सुनगाई गोलोक नामक सहरमा विस्फोट भएको हो ।

स्थानीय अधिकारीहरूका अनुसार सुनगाई सहरको यस भवनमा वेल्डिङको काम चलिरहेको थियो, त्यही कारण विस्फोट भएको हो ।

स्थानीय सञ्चारमाध्यमहरूले देखाइएका भिडियोहरूले क्षेत्रमा व्यापक क्षति भएको देखाएको छ। विस्फोटका कारण भवनमा आगलागी भएको र यसका कारण क्षेत्रका धेरै भवनमा क्षति पुगेको छ ।

विष्फोटका कारण गाडी, पसल र घरका झ्यालका सिसा फुटेका छन्, छाना उडेका छन् र पर्खालहरु भत्किएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *