सरकारी कार्यालयसँग मागिएको सूचनाको जवाफ ४० हजार पानामा दिइयो, गाडीमा बोक्नुपर्‍यो

डिसी नेपाल
१४ साउन २०८० १६:०२

काठमाडौं । मध्य प्रदेशको इन्दौरका धर्मेन्द्र शुक्ला नामक व्यक्तिले कोभिड-१९ महामारीसँग सम्बन्धित आरटीआईको जवाफमा ४० हजार पृष्ठको जवाफ पाएका छन्। जवाफमा दिएका पानाहरू उनले एसयूभी गाडीमा घरमा ल्याउनुपर्ने भएको थियो।

धर्मेन्द्र शुक्लाले समाचार एजेन्सी पीटीआईलाई भने, “मैले कोभिड-१९ महामारीको समयमा औषधि, उपकरण र अत्यावश्यक वस्तुहरूको खरीदसँग सम्बन्धित टेन्डर र बिल भुक्तानीको जानकारी माग गर्दै इन्दौरको मुख्य चिकित्सा र स्वास्थ्य अधिकारी (सीएमएचओ) समक्ष आरटीआई याचिका दायर गरेको थिएँ।”

एक महिनाभित्र निवेदनको जवाफ नपाएपछि पुनरावेदन अधिकृत तथा प्रदेश स्वास्थ्य विभागका क्षेत्रीय सहनिर्देशक डा शरद गुप्तालाई निवेदन पठाएको धर्मेन्द्र शुक्लाले बताए ।

त्यसपछि उनको निवेदन स्वीकार गरी सूचनाको अधिकारको निवेदनको जवाफ वापत प्रति पृष्ठ २ रुपैयाँ तोकिएको रकम नतिर्न र सूचना निःशुल्क उपलब्ध गराउन निर्देशन दिइएको थियो ।

धर्मेन्द्र शुक्लाले निवेदनको जवाफमा दिएको कागजातले आफ्नो गाडी पूरै भरिएको र चालकलाई बस्ने ठाउँ मात्र रहेको बताए ।

डा.शरद गुप्ताले समयमै सूचना नदिँदा राज्यको ८० हजार रुपैयाँ नोक्सान गराउने कर्मचारीलाई कारबाही गर्न सिएमएचओलाई निर्देशन दिएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *