युक्रेनसँगको शान्ति वार्ता हुन सक्ने रुसी राष्ट्रपति पुटिनको भनाइ

डिसी नेपाल
१४ साउन २०८० १७:०३

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको शान्ति वार्ताको सन्दर्भमा महत्वपूर्ण कुरा बताएका छन् । उनले यो विचारलाई अस्वीकार नगर्ने बताए ।

सेन्ट पिटर्सबर्गमा अफ्रिकी नेताहरूसँग भेटपछि बोल्दै उनले अफ्रिकी शान्ति पहलसँगै चिनियाँ पहल पनि यसको आधार बन्न सक्ने बताए ।

राष्ट्रपति पुटिनले युक्रेनी सेना मोर्चामा लडिरहेको बेला युद्धविराम लागू गर्न गाह्रो भएको पनि बताए । युक्रेन र रुसले पूर्वनिर्धारित सर्तबिना वार्तामा नबस्ने बताइसकेका छन् ।

युक्रेनले आफ्नो सिमाना सन् १९९१ मा जस्तै पुनर्स्थापित गर्न चाहन्छ, जसको रुसले विरोध गरेको छ।

रुसले वार्ताका लागि युक्रेनले आफ्नो देशको नयाँ क्षेत्रीय यथार्थलाई स्वीकार गर्नुपर्ने बताएको छ । यसको मतलब उसले आफ्ना धेरै इलाकाहरू त्याग्नुपर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *