पाकिस्तानमा आत्माघाती बम बिष्फोट, ३५ जनाको मृत्यु

डिसी नेपाल
१५ साउन २०८० ८:२४

इस्लामबाद। पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा भएको बम विस्फोटमा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन्।

इस्लामिक राजनीतिक दल जमियत उलेमा-ए-इस्लाम-फजल (जेयूआई-एफ) को सम्मेलनमा यो विस्फोट भएको हो। सो बम विष्फोटका धेरै भिडियोहरु सामाजिक सञ्जालमा पनि बाहिरिएका छन्।

भिडियोमा जमियत उलेमा-ए-इस्लाम-फजलका नेताले कार्यक्रमलाई सम्बोधन गरिरहेको र मानिसहरु जिन्दाबादको नारा लगाएको देख्न सकिन्छ।

त्यसपछि ठूलो आवाज आउँछ। यसपछि त्यहाँ अराजकता छ। आत्मघाती हमलाकारीद्वारा गराइएको विष्फोट बाजौर आदिवासी जिल्लाको खारमा अपराह्न ४ बजे भएको थियो।

पाकिस्तानी मिडियाका अनुसार विस्फोटको समयमा सम्मेलन स्थलमा ५०० भन्दा बढी मानिस उपस्थित थिए। प्रहरी डीआईजी (माल्काण्ड रेन्ज) नासिर महमूद सत्तीले प्रारम्भिक अनुसन्धानबाट यो आत्मघाती विस्फोट भएको बताए । विष्फोटको प्रकृति पत्ता लगाउन प्रमाण संकलन भइरहेको छ।

उनले उक्त क्षेत्रमा खोजी अभियान सुरु गरिएको बताए । अहिलेसम्म कुनै पनि आतंकवादी समूहले यस हमलाको जिम्मेवारी लिएको छैन।

जेयूआई एफ प्रमुख मौलाना फजलुर रहमानले घटनाको छानबिन गर्न पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफ र प्रान्तका कार्यवाहक मुख्यमन्त्री आजम खानसँग माग गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *