रुसले युक्रेनमाथि मस्कोमा ड्रोन आक्रमण गरेको आरोप लगायो, विमानस्थल पनि बन्द गर्नुपर्‍यो

डिसी नेपाल
१५ साउन २०८० १५:२२

काठमाडौं । रुसले युक्रेनले मस्कोमा ड्रोन आक्रमण गरेको आरोप लगाएको छ । यस आक्रमणबाट दुईवटा भवनमा क्षति पुगेको छ भने सहरको एउटा विमानस्थल पनि केही समयका लागि बन्द गर्नुपरेको छ ।

रुसको रक्षा मन्त्रालयले ओडिन्टसोभो जिल्लामा एउटा ड्रोन खसालेको र अन्य दुई ड्रोन केही भवनमा ठोक्किएर खसालेको बताएको छ।

रुसको आधिकारिक समाचार एजेन्सी टासले यस आक्रमणमा एक जना घाइते भएको जनाएको छ । अर्कोतर्फ युक्रेनी अधिकारीहरूले आक्रमणको जिम्मेवारी लिएका छैनन्।

मस्कोका मेयर सर्गेई सोब्यानिनले ड्रोन आक्रमणमा दुईवटा भवनको अगाडिको भागमा क्षति पुगेको बताएका छन् ।

घटनास्थलबाट खिचिएका तस्बिरहरूमा भवनका केही झ्यालहरू क्षतिग्रस्त देखिन्छन्।

लिया नामकी एक प्रत्यक्षदर्शीले समाचार एजेन्सी रोयटर्सलाई बताइन् कि उनले आगो र धुवाँ मात्र देख्न पाएकी थिइन्।

उनले भनिन्, ‘हामीले एउटा विष्फोट सुनेका थियौं जुन झट्का जस्तै थियो । यो सुनेर सबैजना उफ्रिए । त्यसपछि त्यहाँ धेरै धुवाँ उठ्यो, जसका कारण कसैले केही देख्न सकेनन्।

भुनुकोभो विमानस्थलबाट विमानको आवतजावत केही समयका लागि स्थगित गरिएको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *