कटुवा पेस्तोलसहित एकजना पक्राउ

मोरङ। पथरी शनिश्चरे नगरपालिका–३ विकास टोल बस्ने ३२ वर्षीय राज कुमार तुम्बापोलाई १ थान कटुवा पेस्तोलसहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पेस्तोल फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया
Facebook Comment