सार्वजनिक निकायको खरिद वातावरण प्रतिस्पर्धी बन्नुपर्छ : सचिव रेग्मी

डिसी नेपाल
१५ साउन २०८० १५:२९

काठमाडौं।  सार्वजनिक निकायको खरिद वातावरण प्रतिस्पर्धी र पदाधिकारीमा खरिद तत्परता भए नभएका विषयमा सार्वजनिक खरिद अनुगमन कार्यालयले सघन अनुगमन गर्ने भएको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव डा. दामोदर रेग्मीले खरिद वातावरण प्रतिस्पर्धी र पदाधिकारीमा खरिद तत्परता नभएकोलगायतका पक्षमा ध्यान दिन सार्वजनिक निकायको ध्यानाकर्षण गर्ने जानकारी दिए ।

उनले भने, “सार्वजनिक खरिदसम्बन्धी कानुनी व्यवस्था हुँदाहुँदै सार्वजनिक निकायको खरिद वातावरण प्रतिस्पर्धी र पदाधिकारीमा खरिद तत्परता नभएका कारणले पूँजीगत खर्चको प्रभावकारिता हुन सकेको छैन ।”

कार्यालयले सबै सार्वजनिक निकायको खरिद योजना, खरिद विधि र समयमै खरिद कार्य अघि बढाउन सार्वजनिक निकायले अपनाएका तत्परता योजनाका बारेमा खरिद इकाइ प्रमुख र योजना शाखा प्रमुखसँग नियमित अन्तरक्रिया गर्ने उनले बताए।

खरिद कानुनलाई समसामयिक बनाउन तयार गरिएको खरिद कानुनको मस्यौदामा छिटै सरोकारवालासँग छलफल गरी अन्तिम रुप दिइने सचिव डा. रेग्मीले जानकारी दिएका छन्।

सार्वजनिक खरिद महत्वपूर्ण विधा भएकाले यसको सशक्तीकरण गर्दै संस्थागत साख अभिवृद्धिमा ध्यान दिनुपर्ने देखिएको उनको भनाइ छ । यसैबीच कार्यालयले निर्माण व्यवसायीको मागका सम्बन्धमा हरेक विषयलाई छलफल गरी कानुनसम्मतरुपमा समाधान खोजिने सचिव रेग्मीले बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *