नाइजरमा सत्ता कब्जापछि पश्चिम अफ्रिकी देशहरूले सैन्य कारबाहीको धम्की दिए

डिसी नेपाल
१५ साउन २०८० १६:३९

काठमाडौं । पश्चिम अफ्रिकाका नेताहरूले गत हप्ता एक विद्रोह गरेर सत्तामा आएका नाइजरको जुन्टा विरुद्ध सैन्य कारबाही गर्ने धम्की दिएका छन्।

नेताहरूले देशका जेलमा रहेका राष्ट्रपति मोहम्मद बजुमलाई पुनर्बहाली गर्न सरकारलाई सात दिनको समय दिएका छन् ।

यसअघि, जुन्टाले चेतावनी दियो कि यसले क्षेत्रीय वा पश्चिमी शक्तिहरूले नाइजर विरुद्ध कुनै पनि आक्रामक योजनाहरूको विरोध गर्नेछ।

यसैबीच राजधानी नियामीमा रहेको फ्रान्सेली दूतावास बाहिर सयौं कू समर्थकहरूले विरोध प्रदर्शन गरेका छन् । फ्रान्सले सन् १९६० मा स्वतन्त्र नभएसम्म नाइजरलाई औपनिवेशिक शक्तिको रूपमा शासन गरेको थियो।

नाइजरको विद्रोहबारे छलफल गर्न नाइजेरियाको राजधानी अबुजामा आइतवार पश्चिम अफ्रिकी राष्ट्रहरूको समूह इकोवासका नेताहरूले बैठक गरे। माली र बुर्किना फासोमा भएको सैन्य कू पछि नाइजरमा यो कु भएको हो ।

यस बैठकपछि जारी विज्ञप्तिमा इकोवास देशहरूले कूलाई पटक्कै सहन नसक्ने बताएका छन् । यदि एक हप्ता भित्र मागहरू पूरा भएन भने क्षेत्रीय समूहले “संवैधानिक व्यवस्था पुनर्स्थापना गर्न आवश्यक सबै कदम चाल्नेछ”।

गत हप्ता नाइजरको सेनाले राष्ट्रिय च्यानलमा देशमा विद्रोहको घोषणा गरेको थियो। उनीहरूले देशको संविधान खारेज भएको, सबै संस्थान खारेज र देशको सिमाना बन्द गरिएको बताए ।

नाइजरका राष्ट्रपति मुहम्मद बाजुमलाई बुधबार बिहानदेखि नै बन्धक बनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *