सहकारीमा फसेको रकम पाउनुपर्ने मागसहित दुई अभिनेत्रीहरु धर्नामा

डिसी नेपाल
१५ साउन २०८० १८:४९

काठमाडौं । विभिन्न सहकारीमा जम्मा गरेको रकम फिर्ता पाउनुपर्ने मागसहित सहकारी पीडितहरुको धर्नामा अभिनेत्रीहरु बसुन्धरा भुसाल र चैत्यदेवी लगायत सहभागी भएका छन् ।

सिभिल सहकारीले आफुहरुले जम्मा गरेको रकम फिर्ता नगरेको भन्दै उनीहरु धर्नामा सहभागी भएका हुन् । सहकारीमा जम्मा गरेको रकम फिर्ता नपाउँदा आफुहरु निकै समस्यामा परेको भन्दै उनीहरुले सरकारले उचित तवरले समस्या समाधान गर्न आग्रह गरेका छन् ।

भुसालले सहकारीबाट दुख पाएको तीन बर्ष भएको भन्दै सहकारी सञ्चालकहरुको सम्पती बिक्रि गरेर पीडितलाई न्याय दिनुपर्ने बताइन् ।

उनले आफु लगायत परिवारका १४ जनाको दुई करोड ६० लाख तथा भुवन चैत्य बसुन्धरा फाउण्डेसनकातर्फबाट राखिएको १५ लाख समेत फसेको गुनासो गरिन् । उनले हजारौ सहकारीको बदमासीलाई सरकारले कारवाही गर्नुपर्ने बताइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *