महाराष्ट्रको ठाणेमा ठूलो दुर्घटना, १६ जनाको मृत्यु

डिसी नेपाल
१६ साउन २०८० १०:५०

काठमाडौं । महाराष्ट्रको ठाणेमा मंगलबार भएको दुर्घटनामा १६ जनाको मृत्यु भएको समाचार छ । एबीपी न्यूज मान्झासँग कुरा गर्दै महाराष्ट्र सरकारका मन्त्री दादाजी भुसेले यी मृत्युको पुष्टि गरेका छन्।

ठाणेको शाहपुरमा पुलको ग्रिडर लन्चिङ मेसिन खसेर दुर्घटना भएको हो । समाचार एजेन्सी एएनआईका अनुसार समृद्धि एक्सप्रेस राजमार्गको निर्माण कार्यमा लन्चिङ मेसिन प्रयोग भइरहेको थियो ।

एनडीआरएफको टोली घटनास्थलमा पुगेको छ र उद्धार कार्य जारी छ। दुर्घटनामा तीन जना घाइते पनि भएको एएनआईले लेखेको छ, केही व्यक्तिको शव अझै मेसिनमुनि पुरिएको हुनसक्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *