२ वर्षमा १३ लाख महिला तथा बालिका बेपत्ता !

डिसी नेपाल
१६ साउन २०८० १४:०१

काठमाडौं । भारतमा सन् २०१९ देखि २०२१ सम्म १३ लाख बालिका र महिला बेपत्ता भएका छन् र तीमध्ये अधिकांश मध्य प्रदेश र पश्चिम बंगालका छन्।

केन्द्रीय गृह मन्त्रालयको तथ्यांकअनुसार देशभर १८ वर्षभन्दा माथिका १० लाख ६१ हजार महिला र १८ वर्ष मुनिका २ लाख ५१ हजार बालिका बेपत्ता छन् । यो तथ्यांक राष्ट्रिय अपराध ब्यूरोले दिएको हो ।

संसदमा दिइएको तथ्यांकमा मध्य प्रदेशमा १,६०,१८० महिला र ३८,२३४ बालिका बेपत्ता भएको बताइएको छ । यस अवधिमा पश्चिम बंगालबाट १,५६,९०५ महिला र ३६,६०६ बालिका बेपत्ता भएका छन् ।

महाराष्ट्रमा १,७८,४०० महिला र १३,०३३ बालिका बेपत्ता भएका छन्। केन्द्र शासित प्रदेशहरूमध्ये सबैभन्दा धेरै महिला र बालिकाहरू दिल्लीबाट बेपत्ता भएका छन्।

राष्ट्रिय राजधानीमा २०१९ देखि २०२१ सम्म ६१,०५४ महिला र २२,९१९ बालिका बेपत्ता भएका छन् । जम्मू कश्मीरमा ८,६१७ महिला र १,१४८ बालिका बेपत्ता भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *