तीन दिनसम्म लिफ्टमा फस्दा एक महिलाको मृत्यु

डिसी नेपाल
१७ साउन २०८० ९:२६

लन्डन। उज्बेकिस्तानको राजधानी तास्कन्दमा तीन दिनसम्म लिफ्टमा फसेर एक महिलाको मृत्यु भएको एउटा डरलाग्दो घटना सार्वजनिक भएको छ ।

३२ वर्षीया महिलाले तीन दिनसम्म लिफ्ट भित्रैबाट सहयोगको याचना गरिरहेकी थिइन् तर उनलाई बचाउन कोही आएनन् । अन्ततः लिफ्टभित्रै उनको मृत्यु भयो ।

द मिररको रिपोर्टका अनुसार मृतकको पहिचान ओल्गा लियोन्टिभाको रुपमा भएको छ । लिओन्टिभा ९ तले भवनको माथिल्लो तलाको लिफ्टमा फसेका थिइन । जहाँ उनीहरुले कुनै किसिमको सहयोग पाउन सकिनन । प्राप्त जानकारी अनुसार विद्युत् सर्ट भएर लिफ्ट ९औं तलामा अड्किएको थियो । यस क्रममा लिओन्टिभा लिफ्टमा एक्लै थिइन् ।

रिपोर्टका अनुसार ३२ वर्षीया ओल्गा लियोन्टेभा तीन सन्तानकी आमा हुन र उनी डिलिवरी चालकको रूपमा काम गर्थिन । दैनिकजस्तै घटनाको दिन पनि उनी काममा गएकी थिइन् तर राति अबेरसम्म घर नफर्केपछि उनका आफन्तले साउन २४ गते प्रहरीमा हराएको उजुरी दिएका थिए । त्यसपछि बेपत्ता महिलाको खोजी सुरु भयो । अनुसन्धानपछि प्रहरीले समान पुरयाउन गएकी महिलाको लिफ्टमा शव फेला पारेको थियो ।

यस विषयमा अधिकारीहरुले अनुसन्धान थालेका छन् । अनुसन्धानका क्रममा जुन लिफ्टमा फसेर महिलाको मृत्यु भएको थियो, त्यो लिफ्ट चीनमा बनेको रनिङ लिफ्ट हो । अहिले भवन प्राधिकरणविरुद्ध मुद्दा दर्ता भएको छ । लिफ्टमा धेरै समस्या भए पनि सुधार नभएको अनुसन्धानमा देखिएको छ । यसलाई घोर लापरवाहीको मुद्दा मानिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *