हिरो मोटरसाइकल उत्पादक हिरो मोटोकर्पका कार्यकारी अध्यक्षका विभिन्न ठाउँमा ईडीको छापा

डिसी नेपाल
१७ साउन २०८० १२:२१

काठमाडौं । भारतको प्रवर्तन निर्देशनालय (ईडी)ले हिरो मोटोकर्पका कार्यकारी अध्यक्ष पवन मुंजालविरुद्ध मंगलबार छापा मारेको छ ।

समाचार एजेन्सी पीटीआईले आधिकारिक स्रोतलाई उद्धृत गर्दै भनेअनुसार हिरो मोटोकर्पका कार्यकारी अध्यक्ष पवन मुंजाल र अन्य विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानको एक भागको रूपमा छापा मारिएको थियो।

मनी लान्ड्रिङ रोकथाम ऐनको प्रावधान अन्तर्गत दिल्ली र छिमेकी गुडगाउँमा उनको परिसरमा छापा मारिएको थियो।

गत मार्चमा मुञ्जालको घर र कम्पनी हिरो मोटोकर्पमा पनि आयकर विभागले छापा मारेको थियो । हिरो मोटोकर्प देशको सबैभन्दा ठूलो दुई पाङ्ग्रे सवारी उत्पादक कम्पनी हो।

आयकर विभागले कर छली प्रकरणमा छानबिन गरेको थियो । हिरो कम्पनीको विश्वका करिब ४० देशमा उपस्थिति रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *