मस्कोमा अर्को ड्रोन आक्रमण, कालो सागरमा रुसी जहाजमा आक्रमण गर्ने प्रयास: रुस

डिसी नेपाल
१७ साउन २०८० १२:३९

काठमाडौं । रुसको राजधानी मस्कोको एक बहुतले भवनमा ड्रोन आक्रमण भएको छ । यसैबीच रुसले कालो सागरमा युक्रेनका तीन मानवरहित डुङ्गा ध्वस्त पारेको छ ।

यी डुङ्गाहरूले कालो सागरमा दुईवटा रुसी जहाजमाथि आक्रमण गर्न खोजेको रुसले जनाएको छ । रुसको रक्षा मन्त्रालयले घटना बिहान भएको जनाएको छ ।

दुई साताअघि रुसको कब्जामा रहेको क्रिमियाको पुलमा भएको आक्रमणको पछाडि युक्रेनको समुद्री ड्रोनको हात रहेको बताइएको छ ।

रुसको आर्थिक विकास मन्त्रालयका कर्मचारीहरूलाई मस्कोको बहुतले भवनमा ड्रोन आक्रमणपछि घरबाटै काम गर्न भनिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *