नचल्ने घोषणापछि भारतीय दुई हजार रुपैयाँको नोट ८८ प्रतिशत फिर्ता

डिसी नेपाल
१७ साउन २०८० १२:५९

काठमाडौं । भारतीय रिजर्भ बैंकले मंगलबार २००० को नोट चलन बाहिर भएको घोषणा गरेपछि ८८ प्रतिशत नोट बैंकमा फिर्ता भइसकेको बताएको छ ।

बैंकहरूको तथ्याङ्कको आधारमा आरबीआईले जुलाई ३१ सम्म २ हजार रुपैयाँ मूल्यका ३.१४ लाख करोड रुपैयाँका नोट फिर्ता भएको बताएको छ ।

रिजर्व बैंकले अहिले बजारमा २००० का ०.४२ लाख करोड रुपैयाँ मात्रै नोट रहेको बताएको छ ।

रिजर्भ बैंकले जनतालाई अन्तिम समयमा कुनै समस्या नपरोस् भन्नका लागि सेप्टेम्बर ३० सम्म बैंकमा २००० का नोट जम्मा गर्न अपिल गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *