रुसमा अपहरण गरी १४ वर्षसम्म यौन दासी बनाएकाे खुलासा

डिसी नेपाल
१८ साउन २०८० ८:२३

मस्को। एक व्यक्तिले एक महिलालाई अपहरण गरी १४ वर्षसम्म आफ्नो घरमा यौन दासी बनाएर राखेको हालेको खुल्न आएको छ।

यस क्रममा उक्त व्यक्तिले महिलालाई कोठरीमा कम्तीमा एक हजार पटक बलात्कार गरेको आरोप छ। उनले पीडितलाई शारीरिक र मानसिक यातना पनि दिए । यो घटना श्चिमी रुसको चेल्याबिन्स्कको हो । मानसिक रोगी रहेको ती व्यक्ति अहिले अस्पतालमा भर्ना गरिएको छ।

‘आउटलेट’को रिपोर्टमा पुरुषको कोठरीबाट भागेकी महिलाले १४ वर्षको यातनाको कथा सुनाएकी छन् । महिलाले यो घटना सन् २००९ मा रुसमा एक पागलले अपहरण गरेपछि सुरु भएको दाबी गरिन्। अहिले महिला ३३ वर्षकी भइन्। अपहरणकर्ता भ्लादिमिर चेस्कीडोभलाई अर्की एक महिलाको हत्या गरेको पनि आरोप छ। उनीविरुद्ध हत्या, जबरजस्ती करणी र अपहरणका मुद्दा दर्ता छन्।

स्थानीय रिपोर्टका अनुसार ती महिलालाई भाग्न मद्दत गर्ने अभियुक्तकी आमा थिइन्। चेस्कीडोभले ओक्साना नामकी अर्की महिलालाई काल कोठरीमा मारेर टुक्रा टुक्रा गरेको महिलाले दाबी गरेकी छन्। अन्वेषकहरूले कालकोठरीमा मानव शरीरका भागहरू पनि फेला पारेका छन्। स्थानीय रिपोर्टका अनुसार आरोपी चेस्कीडोभकी आमा भ्यालेन्टिना सोही घरमा बस्थे। यी अपहरणका बारेमा उनलाई थाहा भएको बताइएको छ।

चक्कु प्रहार गरी घरको काम गर्न सुत्ने कोठाबाट बाहिर निस्कन नदिएको पीडित महिलाले प्रहरीलाई बताइन्। उनले आफ्नो प्रतिवेदनमा सानातिना कुरामा बारम्बार दुव्र्यवहार गरेको पनि दाबी गरेका छन्। झन्डै एक दशक लामो बसाईको क्रममा निर्मम रूपमा कुटपिट र शारीरिक यातनासमेत दिइएको थियो।

रसिया टुडेले अनुसन्धान अधिकारीहरूलाई उद्धृत गर्दै आफ्नो रिपोर्टमा चेस्कीडोभले १९ वर्षीया एकटेरिनासँग सन् २००९ मा भेट गरेको बताएको छ। रक्सी खान घरमा निम्तो दिए। त्यसपछि यो सबै त्यहाँबाट सुरु भयो। चेस्कीडोभले उनलाई चक्कुले धम्की दिएको आरोप छ। हात खुट्टा बाँधेर कोठामा थुनिदिए। ज्यान जोगाएर अभियुक्तले पीडितलाई घरको काम गर्न लगाउन थाले।

सो कालकोठरीमा बारम्बार यौन दुव्र्यवहार भएको पनि महिलाले बताइन्। महिलालाई राखिएको कोठामा ल्यापटप, अश्लिल फिल्म सहितको डिस्कका साथै यातना दिने क्रममा प्रयोग गरिने सेक्स खेलौना फेला परेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *