अक्षय कुमारको फिल्म ओह माइ गड-२ को ट्रेलर रिलिज

डिसी नेपाल
१८ साउन २०८० १२:२५

काठमाडौं । अक्षय कुमारको फिल्म ओएमजी २ लाई लिएर फ्यानहरु उत्साहित छन् । सन् २०१२ मा आएको फिल्म ओएमजीले दर्शकको राम्रो प्रतिक्रिया पाएको थियो । यस्तो अवस्थामा जब निर्माताले यो नयाँ फिल्मको घोषणा गरे, अभिनेताका फ्यानहरू खुसी भए।

ओएमजी २ को टिजर गत महिना मात्रै रिलिज भएको थियो । यसमा अक्षय कुमारको भगवान शिवको अवतारलाई फ्यानले मन पराएका छन् । तर यो टिजर पनि विवादमा रह्यो । अब लामो प्रतिक्षापछि फिल्मको ट्रेलर पनि सार्वजनिक भएको छ ।

अक्षय कुमार र पंकज त्रिपाठीको फिल्म ओएमजी २ सामाजिक कमेडी ड्रामा हो। यो एक आम मानिस कान्तिशरण मुद्गलको जीवन वरपर घुम्छ। भगवान शिवमा पूर्ण आस्था राख्ने कान्तिको पात्रमा पंकज त्रिपाठी देखिएका छन् ।

उनका छोराको दुर्घटना हुन्छ जसका कारण कान्तिले देशको शिक्षा प्रणालीलाई अदालतसम्म पुर्‍याउँछन् । आफ्नो छोराको प्रतिष्ठाको लागि उनी देशको शिक्षा प्रणालीसँग लड्छन् र अक्षय कुमार शिवको दूतको रूपमा यस लडाईमा उनीसँग सामेल हुन्छन् ।

ट्रेलरमा पंकज त्रिपाठी आफ्नो छोरालाई न्याय दिलाउन खोजिरहेका देखिन्छन् । अदालतमा उनको यामी गौतमसँग न्यायिक लडाइ भएको छ । यसैबीच अक्षय कुमारले उनलाई हरेक पाइलामा साथ दिइरहेका छन् । हाम्रो समाजका कतिपय समस्याहरु फिल्मबाट बाहिर आउनेछन् ।

यससँगै हाम्रा बालबालिकाको भविष्य बनाउने देशको शिक्षा प्रणालीमा पनि प्रश्न उठ्नेछ । फिल्मको प्रिक्वेल ओएमजीजस्तै यस पटक पनि जनतालाई ठूलो सन्देश दिने र शिक्षा प्रणालीमा परिवर्तन ल्याउने प्रयास फिल्ममार्फत गरिएको छ ।

ओएमजी २ मा अक्षय कुमार र पंकज त्रिपाठीका अलावा यामी गौतम, अरुण गोविल, पवन मल्होत्रा, गोविन्द नामदेव पनि देखिनेछन् । फिल्मलाई अमित राईले निर्देशन गरेका हुन् । यो केप अफ गुड फिल्म्स, अश्विन वर्दे, विपुल शाह र राजेश बहलको प्रोडक्सन ब्यानरमा बनेको हो। फिल्म अगस्ट ११ मा थिएटरहरूमा रिलीज हुनेछ। यसको टक्कर सन्नी देओलको फिल्म ‘गदर २’ सँग हुने भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *