क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी पत्नी सोफीले सम्बन्धविच्छेदको घोषणा गरे

डिसी नेपाल
१८ साउन २०८० १५:००

काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी श्रीमती सोफीले बुधबार सम्बन्धविच्छेदको घोषणा गरेका छन् । दुवैले १८ वर्षअघि सन् २००५ मा विवाह गरेका थिए ।

सोफी र जस्टिनले इन्स्टाग्राममा पोष्ट गर्दै आफ्नो सम्बन्धविच्छेदको जानकारी शेयर गरेका हुन् । जस्टिन ट्रुडोको इन्स्टाग्राम अकाउन्टमा सेयर गरिएको पोष्टमा लेखिएको छ, ‘म र सोफी तपाईलाई जानकारी गराउन चाहन्छौं कि धेरै अर्थपूर्ण र कठिन कुराकानी पछि हामीले अलग हुने निर्णय गरेका छौं। एकअर्काको माया र सम्मानको साथ, हामी सधैं परिवार जस्तै हुनेछौं। हामीले मिलेर बनाएका कुरालाई अगाडि बढाउने छौँ ।

यस पोष्टमा बच्चाहरूलाई उल्लेख गर्दै, हाम्रो गोपनीयताको सम्मान गर्न भनिएको छ। जस्टिन ट्रुडो र सोफीका तीन सन्तान छन् । क्यानडाका प्रधानमन्त्रीको कार्यालयका तर्फबाट दुवैले सम्बन्धविच्छेदको कागजमा हस्ताक्षर गरेको बताइएको छ । तर, दुवै सार्वजनिक कार्यक्रममा सँगै देखिनेछन् ।

पछिल्ला केही वर्षहरूमा, दुबै सार्वजनिक फोरमहरूमा विरलै देखिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *