भारतमा भएको हिंसाबारे अमेरिकामा प्रश्न उठ्यो, अमेरिकी विदेश मन्त्रालयले के भन्यो ?

डिसी नेपाल
१८ साउन २०८० १५:१९

काठमाडौं । भारतमा हरियाणाको नुहमा हिंसा भड्किएपछि गुरुग्राममा पनि हिंसा भएको थियो । यी हिंसाका घटनामा हालसम्म ६ जनाको मृत्यु भइसकेको छ । हरियाणाका मुख्यमन्त्री मनोहर लाल खट्टरले दोषीमाथि कडा कारबाही गरिने बताएका छन्।

बुधवार बजरंग दलले यस हिंसाको विरोधमा दिल्लीका धेरै ठाउँमा विरोध प्रदर्शन गरेको थियो। यी प्रदर्शनको आवाज अहिले अमेरिकासम्म पुगेको छ ।

अमेरिकामा विदेश मन्त्रालयको पत्रकार सम्मेलनको क्रममा एक पत्रकारले प्रवक्ता म्याथ्यु मिलरलाई यसबारे प्रश्न गरेका थिए ।

पत्रकारले सोधे- नयाँ दिल्ली नजिकैको गुडगाउँमा भएको धार्मिक हिंसामा कुनै अमेरिकी प्रभावित भएको जानकारी छ र यस क्षेत्रमा हिन्दू-मुस्लिम द्वन्द्वबारे के भन्न चाहनुहुन्छ?

यसबारे विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले भने, ‘हिंसक घटनालाई ध्यानमा राख्दै म भन्न चाहन्छु कि हामी पक्षहरूलाई सधैं शान्त रहन र हिंसाबाट टाढा रहन आग्रह गर्छौं। जहाँसम्म अमेरिकी नागरिकहरू यस हिंसामा प्रभावित भएको प्रश्न छ मलाई यसको बारेमा कुनै जानकारी छैन। यसबारे दूतावासबाट सोधपुछ गर्छु ।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *