राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

डिसी नेपाल
१८ साउन २०८० १६:४०

काठमाडौं । श्रीलंकामा इमर्जिङ टिम्स एसिया कपमा सहभागीता जनाएर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।

बिहीवार स्वदेश फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई त्रिभुवन विमानस्थलमा क्यानका पदाधिकारीले स्वागत गरेका थिए ।

स्वदेश फर्किएपछि राष्ट्रिय क्रिकेट टीमका कप्तान रोहित पौडेलले राम्रो अनुभव हासिल भएको बताए । अहिले नेपाली टीमले ब्याटिङमा ध्यान दिनुपर्ने देखिएको उनको भनाइ छ । पछिल्लो अनुभवले आगामी एसिया कपमा धेरै मद्दत पुग्ने उनको भनाइ छ ।

श्रीलंकामा रहँदा नेपाली टीमले केहि अभ्यास खेल पनि खेलेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *