पाल्पा जग्गा तथा आवास विकास संघ गठन
काठमाडौं । पाल्पा जग्गा तथा आवास विकास संघको तदर्थ समिति गठन गरिएको छ । शुक्रबार पाल्पाका घरजग्गा व्यवसायी कमल प्रकाश ढकालको अध्यक्षतामा ७ सदस्यीय समिति गठन भएको हो ।
समितिको उपाध्यक्षमा द्वारिका प्रसाद नेपाल तथा सचिवमा रमेश प्रसाद न्यौपाने रहेका छन् । यस्तै कमल रायमाझिले कोषाध्यक्षको जिम्मेवारी पाएका छन् ।
कार्यक्रममा नेपाल जग्गा तथा आवास विकास महासंघका रामसुन्दर वके तथा केन्द्रीय सदस्य मोहन बहादुर राउतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया
Facebook Comment