मेक्सिकोमा बस दुर्घटनामा १८ जनाको मृत्यु

डिसी नेपाल
२० साउन २०८० १०:०३

काठमाडौं । मेक्सिकोमा एक बस १३१ फिट गहिरो खाडलमा खस्दा १८ जनाको मृत्यु भएको छ । यो घटना बिहीबार नैरातको हो ।

समाचार एजेन्सी रोयटर्सका अनुसार बसमा जम्मा ४२ जना यात्रु थिए। बसमा भारत र अफ्रिकी देशका नागरिक पनि सवार थिए ।

बसमा अधिकांश यात्रु विदेशी रहेको र केही अमेरिकी सीमातर्फ गइरहेको अधिकारीहरूले बताएका छन् ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालकले तीव्र गतिमा बस चलाएको प्रहरीको अनुमान छ ।

रोयटर्सको भिडियोमा एम्बुलेन्स घटनास्थल पुगेको र उद्धार कार्य जारी रहेको देख्न सकिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *