पुटिनका आलोचक एलेक्सी नाभाल्नीको जेल सजाय १९ वर्षमा बढाइयो

डिसी नेपाल
२० साउन २०८० १०:०६

काठमाडौं । जेलमा रहेका रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको जेल सजाय १९ वर्ष पुर्‍याइएको छ । सजाय बढाएपछि उनले आफ्ना समर्थकलाई आन्दोलन जारी राख्न भनेका छन् ।

उनी चरमपन्थी संगठन निर्माण र सञ्चालन गरेको अभियोगमा दोषी ठहर भएका थिए । योसँगै उनले यी सबै आरोपको खण्डन गरेका छन् ।

नाभाल्नी यसअघि नै प्यारोल, जालसाजी र अदालतको अवहेलनाको अभियोगमा नौ वर्षको जेल सजाय काटिरहेका छन्। उनीमाथि लगाइएका आरोप राजनीतिक प्रेरित भएको मानिन्छ ।

उनलाई टाढाको कोलोनीमा मुद्दा चलाइएको थियो, जहाँ उनी २०२१ देखि छन्।

पुटिन सरकारको सबैभन्दा स्पष्ट आलोचक नाभाल्नीले आफ्नो समय ‘विशेष शासन कोलोनी’ मा बिताउनेछन्। यो कुनै पनि उच्च सुरक्षा कारागार भन्दा कठिन क्षेत्र हो। यो एक प्रकारको जेल हो जहाँ सामान्यतया खतरनाक अपराधी र आजीवन कारावास भएका व्यक्तिहरूलाई राखिन्छ।

यहाँ नाभाल्नीले एक्लोपन सामना गर्न सक्छन् र बाहिरी दुनिया संग उनको सम्पर्कमा प्रतिबन्धहरु पनि लाग्न सक्छ।

उनले पहिलेको तुलनामा यो ठाउँमा आफ्ना परिवारका सदस्यहरूलाई भेट्न सक्नेछन्। उनलाई २०२० अगस्टमा पनि विष दिइएको थियो तर राम्रो उपचारपछि उनको ज्यान जोगियो ।

अमेरिका, बेलायत, फ्रान्सलगायत धेरै देशले उनीप्रति चिन्ता व्यक्त गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *